दफा २३
परीक्षाको नतिजा
  (१) आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा त्यस्तो परीक्षामा उत्तीर्ण भएका उम्मेदवारमध्ये रिक्त पदको अनुपातमा तोकिए बमोजिमको सङ्ख्यामा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारको वर्णानुक्रम अनुसार नाम, थर, रोल नम्बर समेत उल्लेख गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तर्वार्ताको मिति, समय र ठाउँ समेत खुलाउनु पर्नेछ ।